September 22, 2026

कछुवा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
अर्जुनधारा,
झापाको अर्जुनधारा नगरपालिका–९स्थित सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिको आयोजनामा शुक्रबार कछुवा उद्धार तथा संरक्षण सम्बन्धी एक दिवसीय सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विश्व कछुवा संरक्षण दिवसको सन्दर्भमा “कछुवा संरक्षण गर्नु पर्यावरण जगाउनु हो” भन्ने मुख्य नारासहित आयोजित उक्त कार्यक्रम जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधि र सरोकारवालाहरुलाई कछुवा संरक्षण बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको उद्यानका व्यवस्थापक रुद्रमणि सुवेदीले जानकारी दिए ।
उद्यानको सभाहलमा समितिका सदस्य भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
सहजकर्ता उद्यान अन्र्तगत रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रका संयोजक टपिलप्रकाश राईले सहजिकरण गरेको कार्यक्रममा कछुवा के हो, कछुवाको संरक्षण किन गर्ने, कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापनाको आवश्यकतासँगै केन्द्रको गतिविधि र नेपालमा पाइने कछुवाहरु बारे सहभागीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा ६० जना बढीको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा नेपालमा पाइने १७ प्रजाति र दुई उपप्रजातिसहित जम्मा १९ प्रकारका कछुवाहरुको विवरणसँगै संरक्षण बारे जानकारी गराइएको पम्पलेटको लोकार्पण गरिएको थियो । समितिका सदस्य कमल गुरागाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक सुवेदीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *