September 22, 2026

प्रादेशिक आयुर्वेद अस्पतालको सेवाका वारेमा प्रचार प्रसारको खाँचो

0

कमल ।

झापाको कमल गाउँपालिका ६ लखनपुर स्थित प्रादेशिक आयुर्वेद अस्पतालले सोमवार सामाजिक लेखा परिक्षणका विषयमा सेवाग्राही बाट सुझाब संकलन गरेको छ ।

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाको आयोजना र पाथिभरा हेल्थ एण्ड वेलनेस फाउण्डेशन दमक झापाको संयोजनामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा २०७९ साल भदौ १६ गते बाट सेवा सुरु गरेकोे अस्पलालको सेवा , पारदर्शिता, जवाफदेहिता, तथा सुधारका प्रयास लगायतका विषयमा सरोकारवालाहरु बाट प्रत्यक्ष प्रतिकृया लिएको थियो ।

कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले अस्पतालको सुरुवातको अवस्था देखी अहिले सम्म अस्पतालले गर्दै आएको सेवाका बारेमा तथा अस्पताललाई यहाँ सम्म ल्याउनका लागि सहयोग गर्ने विभिन्न निकायका बारेमा संम्क्षिप्त रुपमा जानकारी गराउनु भएको थियो ।

अस्पातलमा ओपिडी सेवा अन्तरगत कायचिकित्सा विभाग,शल्य चिकित्सा विभाग र सामानय चिकित्सा विभाग लगायतका विभागहरु स्थापना गरेको छ भने प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा, रेडियोलोजि सेवा र औषधी वितरण सेवा समेत प्रभावकारी रुपमा सञ्चालन भै रहेको छ ।

पछिल्लो समय अस्पतालमा सेवा विस्तर भए संगै सेवा ग्रहीको अस्पताल प्रति विश्वस बढ्न थालेको छ । दुईवटै खुट्टामा समस्या भएर अहिले अस्पतालमा उपचारारत खोटाङ्गका टुकेन्द्र श्रेष्ठले अस्पतालमा आएर उपचार गराउन थालेपछी आफ्नो स्वास्थ्यमा सुधार हुदै गएको बताउनुभयो ,

अस्पतालको प्रगती अत्यन्तै राम्रो छ । प्रादेशिक अस्पताल भए पनि प्रचार प्रसारमा अन्यन्तै कमि छ । अस्पताल वरीपरीका स्थानियलाई समेत अस्पताल बाट प्रदान गरिने सेवाका बारेमा जानकारी छैन । त्यसैले प्रचार प्रसार गर्न आवश्यक रहेको स्थानिय रामचन्द्र पोख्रेल बताउनुहुन्छ ।

समय हेरेर कोहीपनि विरामी हुदैन । जुनसुकै समयमा मानिस विरामी हुनसक्छ । अर्को तर्फ कामकाजि व्याक्ति अस्पतालको समय भित्र आएर सेवालिन भ्याउदैन त्यसैले सेवालाई २४ घण्टा विस्तार गर्ने सके अस्पतालमा सेवाग्रही अझ बड्ने कमल गाउँपालिका ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईराला बताउनुहुन्छ ।

अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका सभापति विश्व बरालले कार्यक्रमा आम सेवाग्रही र सरोकार वालाबाट प्राप्त भएको सुझावलाई गनहरुपमा लिएको बताउदै आगामी दिनमा सबेको साथ र सहयोगमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदी, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, गौरिगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ लगायतले अस्पताल बाट प्रदान गरिने सेवाका बारेमा प्रचारप्रसारको कमी रहेको औल्याउदै आगामी दिनमा आफ्नो पालिकाको तर्फवाट अस्पताललाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रम प्रादेशिक आयुर्वेद अस्पताल सन्चालन समितिका सदस्य विष्णु पोख्रेलले सन्चालन गर्नु भएको थियो भने वरिष्ठ कविराज खगेन्द्र पौडेले स्वागत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *