September 22, 2026

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई कर्मचारी निलम्बन

0

पथरी शनिश्चरे।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुई कर्मचारी निलम्बनमा परेका छन् ।

मुलुकभर नेकपा एमाले र एकिकृत समाजवादी पार्टीले जननेता मदन भण्डारीको भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहँदा पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई कर्मचारी मादक पदार्थ सेवन गरेको निहुँमा निलम्बनमा परेका हुन्।

ड्युटी समयमै बिना जानकारी मादक पदार्थ सेवन गर्ने ती दुई कर्मचारीलाई निलम्बन गरिएको थियो । गत बिहिबार राति ड्युटीमा आउनु पर्नेमा उनीहरु ड्युटिमा नआई मादक पदार्थ सेवन गरिरहेको अबस्थामा फेला परे पछि स्थानिय युवाले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएका ती दुई कर्मचारी एक जना कार्यलय सहयोगी र एक जना पारामेडिक्स रहेका छन् ।

नियन्त्रणमा लिएकालाई अस्पताल प्रशासनको जिम्मा लगाएका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रबि शाहका अनुसार दुबै जनालाई बिभागीय कारबाही गरिएको छ । ब्यावस्थापन समितिको बैठक पछि थप के कारबाही हुने र अहिले निलम्बन गरिएको शाहले जानकारी दिए । उनीहरुको नाम भने गोप्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *