September 18, 2026

मोटोको सुगन्ध’ गीति कृतिमाथि विमर्श तथा रचना वाचन कार्यक्रम

0

बिर्तामोड,

नारायण गोपाल स्मृति प्रतिष्ठान, बिर्तामोड–३, झापाको आयोजनामा गीतकार टीका भट्टराईको छैटौँ गीति कृति ‘मोटोको सुगन्ध’ माथि विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा तथा रेडियो नेपालका निर्देशक डा. टीका भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण सिवाकोटी, जिल्ला समन्वय समिति झापाकी उप–प्रमुख  शान्ता रोक्का, वरिष्ठ साहित्यकार चन्द्र भण्डारी, प्रतिष्ठानका प्रमुख सल्लाहकार उमनाथ ओली, वरिष्ठ लोकगायक अनिरुद्ध ओली, वरिष्ठ गजलकार केशव आचार्य, संगीतकार हस्त परियार, सल्लाहकार गणेश ओली, केशव पाठक, साहित्यकार देशु सुब्बा, श्याम गुरुङ, अर्जुन पाठक, दिलीप घिमिरे, कोसिस घिमिरे, गायक चेतन चुडाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा १८ जना स्रष्टाहरूले लेखिकाका गीतहरूको वाचन तथा आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए। गीत–साहित्यमा टीका भट्टराईको योगदान र उनको सिर्जनाको गहिराइबारे स्रष्टाहरूले विविध कोणबाट चर्चा गरेका थिए ।

कार्यक्रममा पुण्य खरेल र चन्द्र भण्डारीले शुभकामना व्यक्त गरेका थिए भने खगेन्द्र खुशीले लेखिकाको जीवनीमाथि प्रकाश पारेका थिए। समीक्षक विवश बलिभद्र कोइरालाले ‘मोटोको सुगन्ध’ गीति संग्रहको समालोचना प्रस्तुत गरेका थिए।

साहित्यिक वातावरणमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रुद्र सिटौलाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *