September 17, 2026

झापाका महिलाहरुलाई ब्युटिसियन सम्वन्धि एक महिने तालिम

0

झापा, इन्टरनेशनल ब्युटीपार्लर एण्ड टे«निङ सेन्टर बिर्तामोडले पछिल्लो एक वर्षमा एक सय जना भन्दा बढी महिलाहरुलाई सीप सिकाउँदै आत्मनिर्भर बर्नाको छ ।
बेसिकदेखि एडभान्ससम्मका ब्युटिसियन सम्बन्धि बिभिन्न खाले तालिम प्रदान गर्दै महिलालाई आत्मनिर्भर बनाएको इन्टरनेशनल ब्युटीपार्लर एण्ड टे«निङ सेन्टर बिर्तामोडकी सञ्चालक सुमित्रा पनेरु ‘सुमी’ले बताइन् । महिलाहरु श्रृङ्गारमा विशेषगरी रुचि राख्छन् उनले भनिन् – सीप भए भाषाको जरुरत पर्दैन । विश्वका जुनसुकै कुनामा बसेपनि महिलाहरु आत्मनिर्भर बन्न सक्छन् । त्यसैले हामीले एक सय बढी महिलाहरुलाई ब्युटिसियन कोर्षको एड्भान्स तालिम दिएर आत्मनिर्भरताको बाटोमा उम्याउन सफल भएका छौं ।
आइतवार बिर्तामोडस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ब्युटिसियन तालिम समापन सत्रमा बोल्दै पनेरुले पछिल्लो समय मात्रै नेपाल सरकार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डसंगको सहकार्यमा ४० बढी महिलाहरुलाई तालिम प्रदान गरिएको बताएन् ।
प्रवासबाट आर्जित सीप , ज्ञान र पुँजी स्वदेशका लागि भन्दै इन्टरनेशनल ब्युटीपार्लर एण्ड टे«निङ सेन्टरले बोर्डसंगको सहकार्यमा तालिम आयोजना गरेको थियो । रिटर्नी माइग्रेट नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजु न्यौपानेले सिकेको सीपलाई सदुपयोग गर्दै अरु महिला दिदी बहिनीहरुलाई सीप सिकाउन प्रेरित गर्नु पर्ने बताए ।
इन्टरनेशनल ब्युटीपार्लर एण्ड टे«निङ सेन्टर बिर्तामोडकी प्रमुख पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा एक महिनासम्म ब्युटिसियन तालिम लिने सहभागीलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।
सो समारोहमा बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाई, पारीजात धैलागिरी सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेल, इन्टरनेशनल ब्युटीपार्लर एण्ड टे«निङ सेन्टर काठमाडौंकी प्रमुख पुनम लामिछाने बीरता जेसीज बिर्तामोडकी अध्यक्ष नीशा साक्य, लगायतले शसभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महिला उद्यमी यशोद उप्रेतीले गरेकी थिइन् ।
यसैबीच इन्टरनेशनल ब्युटीपार्लर एण्ड टे«निङ सेन्टर बिर्तामोडले ट्रेनिङ सेन्टर स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *