April 29, 2026

बिर्तामोडमा १३६ औं मजदुर दिवस मनाइयो

0

झापा, नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठनले झापाको बिर्तामोडमा अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
श्रम ऐन २०७४ को मजदुर विरोधी दफा खारेजी तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि संघर्ष गरौ भन्ने मूल नाराका साथ १३६ औं मजदुर दिवस मनाएको हो । अखिल नेपाल टे«ड युनियन महासंघ, अखिल नेपाल ढुवानी मजदुर संघ पूर्व इलाका झापाको नेतृत्वमा विभिन्न मजदुर संगठनको सहभागीतामा कार्यक्रम भएको हो ।
मजदुर दिवसको अवसर पारेर बिर्तामोडमा निकालीएको ¥याली सहित कोण सभामा परिणत भएको थियो । अखिल नेपाल ढुवानी मजदुर संघका पूर्व इलाका अध्यक्ष नन्दी चौधरीको अध्यक्षतामा भएको कोण सभाको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङ रहेका थिए ।
सयौंको संख्यामा उपस्थित मजलुरहरुले संसारका मजदुर एक हौं, योगदानमा आधारित सामाजिक सुरक्षा कायम गर, श्रम ऐन २०७४ का मजदुर विरोधी दफा खारेज गर, १३६ औं मे दिवस भब्य रुपमा मनाऔं लगायतका नारा सहित ¥याली आयोजना गरिएको थियो । ¥यालीले बिर्तामोड परिक्रमा गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि तामाङ, नेकपा माओवादी केन्द्रका १ नम्वर प्रदेश उपाध्यक्ष शिव कुमार डाँगी, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भूपाल सापकोटाले मजदुरका हक हित र अधिकारका लागि संगठित भएर आवाज उठाउनु पर्ने बताएका थिए ।
सोही कार्यक्रमकाबीच बेपत्ता परिवारका सदस्य खुशी धिमाललाई नगद सहित सम्मान गरिएको थियो ।
अखिल नेपाल ढुवानी मजदुर संघका संस्थापक गणेश भुसालले स्वागत गरेको कार्यक्रमको संचालन ट्रेड युनियन महासंघकी उपमहासचिव सीता सापकोटा सन्ध्याले गरेकी थिइन् ।
कार्यक्रममा पार्टीका झापा संयोजक राजु आचार्य अग्नि, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, विर्तामोड नगर सचिव जगन्नाथ भट्टराई , वाईसीयल प्रदेश नम्वर १ का अध्यक्ष कुमार आचार्य लगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *