September 15, 2026

रेमिटयान्सले बजेट घाटालाई टेवा पुगेको छ -उद्योग मन्त्री बस्नेत

0

भद्रपुर, असार १२ । उद्योग मन्त्री महेश बस्नेतले देशमा आर्थिक क्रान्ति परिवर्तनका निम्ति झापाली उद्योगी तथा व्यवसायले नै आवाज उठाउने बेला आएको बताउनु भएको छ ।
झापा उद्योग संघ जिल्ला कार्य समिति झापाले भद्रपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले उक्त कुरा बताउनु भएको हो । मुलुक परिवर्तनमा झापाले राजनितिक क्रान्ति ल्याएको हुदाँ अव फेरि अर्को आर्थिक क्रान्तिको दियो वाल्ने समय आएकोले झापाली उद्योगी तथा व्यवसायीले एकजुट भएर अगाडी बढ्नुपर्ने उद्योग मन्त्री बस्नेतले सुझाव पनि दिएका छन् । मन्त्रीले बस्नेतले आफू उद्योग मन्त्रि हुदा पनि औद्योगिक क्षेत्रमा चाहेर पनि केही गर्ने नमिल्ने बताउदै सबै अधिकार तथा कानुन अर्थमन्त्रीको हातमा रहेको बताए । त्यसैले उद्योगलाई वाधा हाल्ने दुई दर्जन भन्दा बढी ऐन कानून खारेज नगरेसम्म्म उद्योग व्यवसाय नेपालमा स्थापित हुन नसक्ने उनले भर्ना छ ।
राज्यले आशा र उर्जा दिएमा मुलुक बन्न सक्ने बताउदै राख्दै उनले भने– मुलुकमा उद्योग क्षेत्र परिवर्तनका लागि एउटा ठुलो धक्का आउदैछ, त्यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । युवा जनशत्ती विदेशिएपनि त्यो सकारात्मक भएको भन्दै रेमिटयान्सले बजेट घाटालाई टेवा पुगेको उनको भनाई छ ।
झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालको अध्यक्षता भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, नेपाल अलैची व्यवसायी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र घिमिरे, झापा उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष नवराज पनेरु, नेपाल भेनियर संघका एकराज कार्की लगायतले झापामा बषौ देखि भोग्दै आएका समस्याबारे मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । स्वागत मन्तव्य संघका उपाध्यक्ष यमबहादुर श्रेष्ठले राखेको कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *