April 30, 2026

काठमाण्डौंमा होटल लाजिमपाट बुटिक सञ्चालनमा

0

बिर्तामोड ।

राजनीतिक, सामाजिक तथा ब्यवसायीक काममा सक्रिय रहेका लोकतान्त्रिक साना होटल व्यवसायी संघका केन्द्रिय अध्यक्ष लीलाप्रसाद ढकालले काठमाण्डौंको लाजिमपाटमा नयाँ होटल सञ्चालनमा ल्याएका छन् । होटलको आज एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

लामो समयदेखि होटल ब्यवसाय गर्दै आएका ढकालले काठमाण्डौं महानगरपालिका–२ लाजिमपाटमा लाजिमपाट बुटिक होटल सञ्चालनमा ल्याएका हुन् । उच्च स्तरीय र गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले बुटिक होटल सञ्चालनमा ल्याएको अध्यक्ष ढकालले जानकारी दिए । आरामदायी बस्ने ठाँउ, आग्र्यानिक खाद्यन्न, पारिवारीक वातावरण, पार्किङको पर्याप्त स्थान, शान्त वातावरणका कारण होटल बुटिक सबैको रोजाईमा पर्ने ढकालले विश्वास ब्यक्त गरे ।

करिब दुई करोड रुपैंयाभन्दा धेरै लगानी गरेर सञ्चालनमा ल्याइएको होटल बुटिकमा मिटिङ हल तथा ग्रहाकले चाहे अनुसारको सेवा प्रदान गर्ने उद्धेश्य रहेको बताइएको छ । होटल सञ्चालनमा आए संगै करिब २० जनाभन्दा धेरैले रोजगारी समेत पाएका छन् ।

देश तथा विदेशबाट आउने पाहुनालाई स्वागत गर्न आफुहरु तयार रहेको र सबैको विश्वास जित्नेमा आशावादी रहेको ढकालको भनाई छ । हरेक काम गर्दा आर्थिक पक्षलाई सबल बनाउन जरुरी रहेको भन्दै आफु लोकतान्त्रिक साना होटल व्यवसायी संघको केन्द्रिय अध्यक्ष भएकाले सबै ब्यवसायीहरुलाई एकतावद्ध बनाउदै व्यवसाय प्रर्वद्धनमा लागेको बताए ।

नेपालमा पर्यटनको प्रसस्त सम्भावना रहेको र त्यसलाई प्रर्वद्धन गर्न होटल ब्यवसायीहरु लागेको सञ्चालक ढकालको भनाई छ । होटल ब्यवसायीले गुणस्तरी र प्रभावकारी सेवा दिएमा देश तथा विदेशमा होटल व्यासायी प्रति हेर्ने दृटिकोण सकरात्मक हुने उनको भनाई छ ।

आन्तरिक तथा बाह्य पर्यटक भनेको होटल ब्यवसायीका लागि पाहुँना हुन् केन्द्रिय अध्यक्ष एवम् होटल बुटिकका सञ्चालक ढकालले भने– ‘नेपाली संस्कार नै छ, जहाँ हामी पाहुँनालाई भगवान मान्छौं, त्यसैले ग्रहाक हाम्रा भगवान भएकाले उनीहरुलाई जहिले हामीले राम्रो सत्कार गर्न जरुरी छ ।’

कोभिडपछि केही सुस्ताको होटल ब्यवसाय फेरी उठ्ने तरखरमा रहेकाले होटल ब्यवसायलाई प्रर्वद्धन गर्न राज्यले पनि ध्यान दिनुपर्ने अध्यक्ष ढकालको भनाई छ । उनले काठमाण्डौंमा रहेको लाजिमपाट बुटिक होटलमा एक पटक आएर अवलोकन गर्न सबैलाई आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *