April 30, 2026

जयराज लिम्बूसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

0

कानेपोखरी।

मोरङको कानेपोखरीमा आज लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान गर्नुभएका पुराना नेता जयराज संयोग लिम्बूसहित सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।

लामो समय काङ्ग्रेमा योगदान गर्नुभएका लिम्बू गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएको थियो। जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो।

त्यस्तै जसपाका महासमिति सदस्य नारायण कार्की पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको हो। कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी प्रवेश गरेको र प्रवेश गर्ने अधिअकांश एमाले कार्यकर्ता रहेको माओवादी केन्द्र मोरङले जनाएको छ।

पार्टी प्रवेश गर्दै लिम्बूले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुई तिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरेर पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो। अब माओवादीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *