April 30, 2026

पाथिभरा एकेडेमीको १७औं वार्षिक उत्सव

0

झापा,

गतवर्षको एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै झापाको कन्काई लक्ष्मीपुरमा अवस्थित पाथिभरा एकेडेमीले स्थापनाको १७ औं वार्षिक उत्सव मनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा उत्कृष्ट जिपिए ल्याउने छात्र राजकाफ्ले पुरस्कृत समेत भएका छन्।

यसैगरी शिक्षकहरु लुना श्रेष्ठ सुवेदी गोमा खड्का र इन्द्रमाया खरेललाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको विद्यालयका सीइओ श्रीकान्त थापाले जानकारी दिनुभयो ।

विद्यालयमा १० वर्षे सेवा अवधि पूरा गरेका शिक्षक कर्मचारीलाई कदरपत्र समेत प्रदान गरिएको थियो। यसरी सम्मानित हुनेहरूमा इन्द्रमाया खरेल खड्गप्रसाद गौतम कृष्ण भट्टराई मिना देवी रिजाल दिपा लम्सल र यशोदा राजवंशी रहनुभएको छ ।

शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट पाथिभरा एकेडेमीमा हाल ६०० विद्यार्थी अध्ययनरत तथा ४२ शिक्षक कर्मचारी कार्यरत छन्।

विद्यार्थीहरूको साङ्गीतिक र सांस्कृतिक प्रस्तुति समेत रहेको वार्षिक उत्सव समारोहमा कन्काई नगरका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी वार्ड अध्यक्ष लिलाबहादुर कटवाल पत्रकार केशव भट्टराई नवदुर्गा आधारभूत विद्यालयका प्रधान अध्यापक तोया ओली प्याप्सन झापाका सचिव विनोद सुब्बा कन्काई पेप्सनका अध्यक्ष बिनोद उप्रेती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सहायक प्रिन्सिपल सुशील सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको वार्षिक उत्सव समारोहमा विद्यालयका सीइओ थापाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *