April 30, 2026

जनकल्याणले दियो ४० जना विद्यार्थीलाई ट्रयाक सुट

0

विमल दहाल, इलाम।

सरकारी विद्यालय भए पनि समुदायको सहभागीता र अपनत्व हुनु पर्छ भन्ने मान्यताका साथ सञ्चालन हुदै गरेको जनकल्याण आधारभूत विद्यालय माई नगरपालिका-५ दाहालटारले आफ्ना ४० जना विध्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ।

विद्यालयको अग्रसरतामा स्थानीय बुद्धिजीवी, समाजसेवी लगायतको सहयोगमा बिधार्थीलाई सुट वितरण गरिएको प्रधानाध्यापक शुशिला खड्काले जानकारी दिनुभयो। बिधालयले एक कार्यक्रमका विच सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो। नगद १५ हजार सहयोग गर्नुहुने सहयोगी दाता सरस्वती आधारभूत विद्यालय माङ्सेबुङ-४ का प्रधानाध्यापक दाताराम खनाल, नगद ८ हजार सहयोग गर्नुहुने सोही बिधालयका पुर्ब बिधार्थी नसिब ढकाल, नगद ४ हजार सहयोग गर्नुहुने आयुश्री निर्माण सेवाका अर्जुनकुमार श्रेष्ठ र नगद ११ हजार सहयोग गर्नुहुने स्थानीय बुद्धिजीवी तथा अभिभावक सुवास कुमार ढकाललाई सम्मान गरिएको थियो।

सहयोगी मनहरुबाट प्राप्त नगद ३८ हजारवाट खरिद गरिएको ट्रयाक सुटलाई एक कार्यक्रमका विच माई नगरपाालिका वडा नं ५ का वडा अध्यक्ष भुपेन्द्र पुर्बछाने मगर लगायत विधालय ब्यवस्थापन समिति स्थानीय बुद्धिजीवी र अभिभावकको उपस्थितिमा वितरण गर्नु भएको थियो।

कार्यक्रममा समाजसेवी एवम बुद्धिजीवी देवीप्रसाद नेपालले विद्यालयले थोरै समयमा पनि शुभ सङ्केत देखाएको र आगामी दिनहरुमा सस्थागत विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने गरि अब्बल छ भन्ने सन्देश दिन सकोस भनि शुभेच्छा प्रकट गर्नु भएको प्रधानाध्यापक शुशिला खड्काले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *