April 30, 2026

प्रलेस झापाको नेतृत्व चयन

0

सुरुङ्गा।

प्रगतिशील लेखक सङ्घ झापाको ११ आो अधिवेशनबाट नयाँ जिल्ला समिति गठन भएको छ ।

सर्वसम्मत चयन भएको समितिको अध्यक्षमा लीलाप्रसाद अधिकारी रहेका छन् । मेची बहुमुखी क्याम्पस भद्रपुरमा नेपाली विषय प्राध्यापन गर्ने अधिकारी अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि चुनिएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा तारा राई अनमोल, सचिवमा वीरेन्द्र खड्का, सहसचिवमा मिलन सङ्ग्रौला र कोषाध्यक्षमा देवीचरण भण्डारीलाई चयन गरेको हो ।

सदस्यहरूमा मीना अधिकारी, तीर्थराज खरेल, भीम दाहाल र लक्ष्मी अच्युत ढुङ्गानालाई चयन गरेको छ । २ सदस्य पछि थप गर्ने बुझिएको छ । प्रलेसका केन्द्रीय महासचिव डा. देवी दुलाल क्षेत्रीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रगतिशील साहित्यिक आन्दोलनमा पुर्याएको योगदानको मूल्यांकन गर्दै कमल गुरागाईं र हेमनाथ अधिकारीलाई रुद्राक्ष, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियोे ।

कार्यक्रममा वक्ताहरूले नेताको जीवनस्तर माथि उठेको, सांस्कृतिक स्खलन तीब्र भएको र सबै क्षेत्रमा इमानदारी घट्दो क्रममा रहेको र स्वार्थ हावी हुँदै गएको भनी चिन्ता व्यक्त गरिएको थियोे ।

कार्यक्रममा प्राज्ञ सुमित्रा बाङ्देल चेली, अग्रज साहित्यकार लीला उदासी, प्रलेस पूर्व केन्द्रीय सदस्य पुण्यप्रसाद खरेल, वर्तमान केन्द्रीय सदस्य राजेन्द्र सङ्ग्रौला, प्रदेश अध्यक्ष तिला लेकाली, प्राध्यापक होम सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सचिव विन्दु दाहाल “मूकदर्शक” ले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *