April 29, 2026

इलाममा एक महिलाले गरिन् घाँटीमा विलेटले रेटेर आत्महत्या

0

विमल दाहाल, इलाम ।

इलाममा एक महिलाले आफ्नै घाटीमा धारिलो पत्ती (विलेट) प्रयोग गरी आइतबार दिउँसो आफैंलाई हत्या गरेकी छिन्।

माई नगरपालिका २ चेप्टी डाँडागाउँका शेरबहादुर लिम्बूकी श्रीमती ४६ वर्षीय गोमा लिम्बुले आफ्नै घाटीमा बिलेटको प्रयोग गरी आत्महत्या गरेकी हुन ।

परिवारका सदस्यहरूलाई नङ काट्नको लागि बिलेट मागेकी उनले दिउँसो करिब ११ बजे घरमा एक्लै रहेका समयमा धारिलो बिलेटबाट आफ्नो घाटीमा रेटेकी थिइन्।

गम्भीर घाइते भएकी लिम्बूलाई उपचारका लागि अस्पताल लाने तयारी गर्दै गर्दा दिउँसो करिब २ वजेको समयमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो । के कति कारणले उनले आफूलाई आत्महत्या गराइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक लिम्बूका छोरा प्रवीण तामाङका अनुसार गोमा विगत समयदेखि जन्डिस रोगका कारण विरामी रहँदै आएकी थिइन्। विभिन्न अस्पताल पुर्‍याएर उनलाई घर ल्याइएको पारिवारिक स्रोतले बताएको छ। मृतक लिम्बूलाई पोस्टमार्टमका लागि मेची अञ्चल प्रादेशिक अस्पताल लगिएको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *