April 30, 2026

नजाउ मलाई एक्लै छाडी ..

0

झापा ।

२० औं वर्ष देखि सञ्चार क्षेत्रमा आबद्ध भएर गीत सङ्गीतलाई पनि आफ्नो अविरल यात्राको रुपमा अगाडि बढाउँदै आएका युवा गायक तथा सङ्गीतकार निरज पोखरेलले हालसालै नयाँ पूर्वेली मारुनी भाका लिएर आएका छन ।

मारवाडी साहित्यमा उल्लेख्य गीत तथा कविता लेखेर आफ्नो साहित्य क्षेत्रलाई फराकिलो बनाउँदै आएका कवि, गीतकार सत्यनारायण तायलको शब्दमा नजाउ, मलाई एक्लै छोडी बोलको मारुनी भाका गीतमा स्वयम् गायक निरज पोखरेलले संगीत गरेका छन । उनका साथमा चर्चित गायिका मेलिना राईले पनि आफ्नो स्वर दिएकी छिन । काठमाडौँ स्थित ए लेवल स्टुडियोमा रेकर्डिङ भएको गीतमा झापाली सङ्गीतकार विकास चौधरीले गीतलाई एरेञ्ज गरेका छन् ।

२०६० सालमा विकास चौधरीको संगीत, गिरिराज निरौलाको शब्दमा पहिलो पटक ‘माथि है पर्यो फुङलिङ बजार ..’ भन्ने पूर्वेली लोक भाका जुनु रिजालसँग युगल गीत गाएका निरजले पुनः २०७२ सालमा आफ्नै शब्द सङ्गीत, स्वरमा ‘मेरो हजुरले मलाई…’ बोलको गीत रेकर्डिङ गराई स्रोता, दर्शक माझ ल्याइसकेका छ्न ।

२०६० सालबाट पूर्वको कञ्चनजङ्गा एफएमबाट प्राविधिकको रुपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका उनले करिव ४० भन्दा बढी गीतमा संगीत भरेका छन् भने हाल विभिन्न विद्यालयमा पियानो र नाटकको प्रशिक्षकको रूपमा कार्यरत छन् ।

क्षितिज नाट्य प्रतिष्ठानमा संगीत विभाग प्रमुख, डाइनामिक मिडिया ग्रुप नेपालका कोषाध्यक्ष, भद्रपुर नगरपालिका अन्तर्गत भदपुर साहित्य संगीत कला प्रतिष्ठानका सदस्य, बहुभाषिक साहित्य संगीत कला केन्द्रको सदस्य पोखरेल जेनियस मिडियाका प्रबन्धक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *