September 17, 2026

प्रलेसद्वारा दुई कृति विमोचन

0

सुरुङ्गा।

प्रगतिशील लेखक सङ्घ झापाको पाँचौ कृति ‘सुखानी’ र साहित्यकार मीना अधिकारीको चौथो कृति ‘अमरज्योति षडानन्दको’ लोकार्पण गरिएको छ ।

अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता एवम् प्रा.डा. बद्रीविशाल पोख्रेलको प्रमुख आतिथ्य र प्र ले स कोसीप्रदेश अध्यक्ष तिला लेकालीको विशिष्ट आतिथ्यमा भव्य रूपमा सुसम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रलेसका पूर्व अध्यक्षहरू लीला उदासी, हेम अधिकारी, उमानाथ ओली, कमलप्रसाद गुरागाईँ, के स राजेन्द्र सङ्ग्रौला, प्रा.डा. गङ्गाप्रसाद अधिकारी, प्राध्यापक चूडामणि वशिष्ठ, प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदी, कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाका अध्यक्ष जीवनाथ सुवेदी, साहित्यकार देवीचरण भण्डारी, साहित्यकार झाँक्रीखोले, मेघनाथ बन्धु , कार्यसमिति सदस्य वीरेन्द्र खड्का, तोयानाथ काफ्ले, अग्रज साहित्यकार विरही अधिकारी, केशवप्रसाद भण्डारी, उपेन्द्र प्र आचार्य, पुष्प कु. खनाल, विष्णु भेटुवाल, खेमराज ढकाल, दमन्ता दाहाल, दुर्गा दहाल, केशव प्रसाईं, मिलन सङ्ग्रौला, यसोदा बाँस्कोटा, झग प्र. बराल, कोपिला ढुङ्गेल, दुर्गा मिश्र, हरिप्रसादतिम्सिना, इन्द प्र कटुवाल, योगेन्द्र खतिवडा, डिल्लीराम परदेशी, राजु पाठक लगायतको आतिथ्य रहेको थियो ।

सुखानीको समीक्षक भीम दहाल र अमरज्योतिको समीक्षा समीक्षक हरिनारायण भट्टराईले समीक्षा प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य आरती पोख्रेल र कार्यक्रम सञ्चालन सचिव बिन्दु दहाल ‘मूकदर्शक’ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *