June 15, 2026

पथरीशनिश्चरेमा विपन्न एकल महिलाहरूलाई सम्मान

0

पथरीशनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले १० वटै वडाका विपन्न एकल महिलाहरुलाई सम्मान गर्नुभएको छ।

‘विपन्न नागरिकसँग उपमेयर कार्यक्रम’ अन्तर्गत विपन्न एकल महिलाहरूलाई उहाँले सम्मान गर्नुभएको हो। नगर उप–प्रमुख काफ्लेले आइतबार, सोमबार र मंगलबार गरी तीनसम्म नगरका सबै वडा कार्यालयहरुमा पुगेर एकल महिलाहरुलाई सम्मान गर्नुभएको थियो।

सम्मान पछि प्रमुख अतिथिको तर्फबाट उप–प्रमुख काफ्लेले यो पटक नगरका जति जना एकल महिलाहरुलाई सम्मान गर्न सकियो, अर्को वर्ष भावी अझै धेरै जनालाई सम्मानित गरिने बताउनुभएको थियो।

चेतनन्द्र खड्का १० वटै वडाहरूका वडाध्यक्षहरु क्रमश: भीमकुमार राई, नैना साम्पाङ राई, विजय लिम्बु, लोक किरण न्यौपाने, चेतन्द्र खड्का , कृष्णप्रसाद बस्नेत, उद्धवराज बस्नेत, नवीन कार्की, वीरबहादुर राई र जीवन खतिवडाको अध्यक्षता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *