September 19, 2026

सजिलो साकोसको १७ औं साधारण सभा

0

बिर्तामोड ।

झापाको बिर्तामोड नपा–५ मा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष काशीनाथ घिमिरेको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य गीता खनालले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकाल ,साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला बस्नेत, मेची बहुउद्धेशीय सहका्री संस्था सेवाकेन्द्र बिर्तामोडका प्रमुख उत्तम खनाल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले संस्थाको आय–व्ययसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य एक हजार ९९ जना, जम्मा शेयरपुँजी एक करोड ४५ लाख ८७ हजार दुई सय रुपैयाँ, निक्षेप तर्फ चार करोड ८३ लाख ३९ हजार सात सय ८४ रुपैयाँ, कर्जा लगानी असुलीमा रहीरहेको रकम ६ करोड ५१ लाख २० हजार चार सय ४७ रुपैयाँ , आम्दानी ९५ लाख ५० हजार दुई सय १७ रुपैयाँ , खर्च ८५ लाख ४८ हजार पाँच सय ७४ रुपैयाँ ,नाफा १० लाख एक हजार छ सय ४३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता मनस्वी ढकाल, असल ऋणी गोमादेवी मगर , बाल बचतकर्ता शिक्षा वाँस्कोटा ,उत्कृष्ट कर्मचारी सविना खरेललाई पुरस्कृत गरिएको थियो ।कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिको संयोजक विष्णुप्रसाद ढकालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा संस्थामा बालबचत गर्ने बालबचतकर्ताहरुलाई शैक्षिक सामग्रीको रुपमा कापी प्रदान गरिएको व्यवस्थापक सेवन्तकुमारी नेपालले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन समितिका उपाध्यक्ष गोपालप्रसाद अधिकारी र सदस्य राजेन्द्रकुमार पोखरेलले गरेको संस्थाका लेखापाल पुष्पराज ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *