September 21, 2026

साहित्य चौतारीको शुभकामना आदानप्रदान

0

बिर्तामोड, साहित्य चौतारी बिर्तामोडको आयोजनामा संस्थाहरूको गरिमा बिषयक अन्तरक्रियासहित दशै, तिहार, नेपाल सम्वत, छठ लगायत निकटका पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा पूर्वसल्लाहकार बरिष्ठ अधिवक्ता लीला उदासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष हिम्मत नेम्वाङले स्वागत गरेका थिए ।
कार्यक्रममा सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, मानर्थ सल्लाहकार लोकनाथ पौडेलले लगायतले बोलेका थिए । निवर्तमान अध्यक्ष हस्त परियार, प्रलेस झापाका पूर्वअध्यक्ष कमलप्रसाद गुरागाँई, प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारी, साहित्यकार जय भण्डारी, स्रष्टा मुक्ति बराल उपाध्याय, भारत सल्लाहकार संयोजक जीवन अधिकारी, स्रष्टा युवराज काफ्ले, डिएल प्रधान, हरिनारायण भट्टराईलगायतका स्रष्टाले साहित्य चौतारीले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।
कार्यक्रममा आगामी असोज १६ गते बुधवार संस्थासंग आबद्ध दिवंगत सर्जकहरू प्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सिर्जना प्रस्तुतिका साथै पाँच जना दिवंगत सर्जकहरूका धर्मपत्नीलाई सम्मान गरिने जानकारी दिइयो ।
सहसंरक्षक तथा महासचिव गौरव श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *