September 17, 2026

जो पहिला रिसाउँछ उसलाई हुन्छ हानी
बोल्नुभन्दा पहिले नै सोच्नु बाबु नानी

पालैपालो घाम–जुन आकाश सजाउँछन्
मिलिजुली काम गरे भगवान रमाउँछन्
जतन गरे बरदान हुन् हाम्री प्रकृति रानी
बोल्नुभन्दा पहिले नै सोच्नु बाबु नानी
जो पहिला….

हाँस्दै, नाच्दै,रमाउँदै सधैँ काम सघाउनु
सेवा गर्दै धर्तीको सुन्दरता बढाउनु
धेरै सुन्दा, थोरै बोल्दा सबैले भन्छन् ज्ञानी
बोल्नुभन्दा पहिला नै सोच्नु बाबु नानी
जो पहिला…

Leave a Reply

Your email address will not be published. Required fields are marked *