September 18, 2026

जेसीज पूर्वअध्यक्ष समाज झापाको अध्यक्षमा पोखरेल

0

झापा, जेसीज पूर्व अध्यक्ष समाज झापाको अध्यक्षमा रमेश पोखरेल चयन भएका छन् ।
भद्रपुर जेसीजका पूर्व अध्यक्ष समेत रहेका पोखरेल दुई वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा विष्णु रिमाल (चारआली जेसीज), महासचिवमा ऋषिराम तिम्सिना (धुलाबारी जेसीज), सचिवमा प्रकाश भण्डारी (बुधबारे जेसीज) र कोषाध्यक्षमा राधा सुब्बा बीरता (लेडी जेसीज) रहेका छन् ।
समितिको सदस्यहरूमा नरेन्द्र बराल (दमक), कमल कट्टेल (सुरुङ्गा) ,कुमारसिंह सावा (सतासीधाम), याम खड्का (वीरता जेसीज), उज्ज्वल श्रेष्ठ (भद्रपुर), केशव पोखरेल (धुलाबारी) उषा श्रेष्ठ (मेचीनगर लेडी जेसीज) पुष्कर ढकाल (बाहुनडाँगी), विगम श्रेष्ठ (बाह्रदशी) छत्रपति न्यौपाने (कमल) र खगेन्द्र पाण्डे (कचनकवल) रहेका छन् ।
जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम भद्रपुर नगरपालिकाका मेयर तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा स्वागत जेसीज पूर्व अध्यक्ष समाजका उपाध्यक्ष रमेश पोखरेलले गरेका थिए भने आस्थावाचन भद्रपुर जेसीजका टीकाराम पाण्डेले गरेका थिए । कार्यक्रममा शाखा अध्यक्षको तर्फबाट देबु बानिया, संस्थापक अध्यक्षहरूको तर्फबाट शारदा रिजाल, नेपाल जेसीजका कार्यकारणी उपाध्यक्ष भीम कुँवर, नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी र पूर्व अध्यक्ष अनिल भेटवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव विष्णु रिमालले गरेका थिए ।
२१ सदस्य रहने सो समितिमा चार जना अध्यक्षले मनोनयन गर्ने र एकजना निवर्तमान अध्यक्ष रहने विधानले व्यवस्था गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *