September 17, 2026

कमल नगर अस्पतालमा डा. पौडेललाई स्वागत

0

कमल ।

कमल गाउँपालिका २ स्थित कमल नगर अस्पतालमा आउनु भएका डाक्टर डा. रिजन पौडेललाई स्वागत गरिएको छ ।

आम्दा अस्पताल दमक बाट दैनिक बिरामी जाँच तथा उपचारका लागि आउनु भएका डाक्टर पौडेललाई अस्पतालमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको थियो ।

अस्पतालमा आउनु भएका डाक्टर पौडेललाई कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले खादा ओढाएर तथा पुष्पगुच्छा दिएर स्वागत गरेकी थिईन् ।

गाउँपालिकाका उपाध्यक्ष न्यौपाने तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकाल,३ नम्बर वडा अध्यक्ष अग्नि कोइरालाले शुभकामना मन्तव्यका साथै डाक्टर पौडेललाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

स्वगत कार्यक्रममा २ नम्बर वडा अध्यक्ष अशोक सुब्बा , लेखा अधिकृत सृजना राई, समाजसेवी महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्पवन चामलिङ्ग , कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, स्वास्थ्य शाखाका प्रमुख बिनु थापा, अधिकृत कुशल श्रेष्ठ,तथा अस्पतालका कर्मचारीहरू समेतको उपस्थित थियो।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरूले डाक्टर पौडेललाई स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीलाई कमल नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक दीपक दाहालले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *