September 21, 2026

सुन्दरहरैचामा पहिलो पटक भित्र्याइयो रोपाइँ गर्ने मेसिन

0

मोरङ,

साउन ९ गते बिहान मोरङको सुन्दरहरैचाको मृगौलियामा मेसिनले धान रोप्ने अभ्यास हुँदै थियो। युवा उद्धमी किसान शेखर निरौलाको जग्गा धान रोप्न तयार पारिएको थियो। सअघि सुन्दरहरैचामा मेसिनबाट धान कतै पनि रोपिएको थिएन। त्यसैले स्थानीय सर्वसाधारण मेसिनले धान रोपेको दृष्य अवलोकन गर्न खेतमा पुगेका थिए।

सुन्दरहरैचामा पहिलो पटक रोपाइँ गर्ने मेसिन भित्रीएको र मेसिनले खेतमा धान रोप्न थालेपछि स्थानीय सर्वसाधारण चकित बने। सुन्दरहरैंचा २ का युवा उद्धमी निरौलाले यो धान रोप्ने मेसिन पहिलो भित्राएका हुन् । धान रोप्नका लागि मेसिनको प्रयोग हुने भएपछि किसानलाई धान रोप्ने मजदुर खोज्ने झन्झट हुँदैन । कम समयमै धेरै धान रोपिने भएकाले किसानले कुर्नुपर्दैन ।

सुन्दरहरैचामै पहिलो पटक धान रोप्ने अत्याधुनिक मेसिन भित्र्याएका छौँ”, युवा उद्धमी निरौलाले भने , “यस मेसिनको मद्दतले एक घण्टामा सहजरूपमा धेरै क्षेत्रफलमा धान रोप्न सकिन्छ । ट्रेमा बेर्ना तयार गरी मेसिनमा राखेर रोप्ने गरिएको छ ।” ‘

मेसिनले धान रोप्दा मान्छे पनि थोरै लाग्ने र खर्च पनि कम प्रभावकारी हुने उनले बताए। सुन्दरहरैचा नगरपालिका कृषि शाखा अधिकृत सुदिप भण्डारीका अनुसार नगरभित्र ५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने भएपनि प्रमुख समस्या भनेको धान रोपाई गर्ने मान्छे नभेटिनु रहेको बताए।

रोपाई गर्ने मान्छे नपाएर धेरै खेती योग्य जमिनहरु बाँजो हुने अवस्था आएको बेला धान रोप्ने मेसिन आउनु खुशीको कुरा भएको बताए। अहिले सफल परिक्षण भएको भन्दै आगामी बर्षहरुमा मेसिनले धान रोप्दा रोपाई गर्ने मानिसहरु खोज्नु नपर्ने भएकाले खेतीयोग्य जमिन बाँजो नहुने बताए। कृषि ज्ञान केन्द्र मोरङको निमित्त कार्यालय प्रमुख राम देव सिंहले पनि धान रोप्ने मेसिनले प्रति घण्टा १० देखि १२ कठ्ठामा रोपाई गर्ने हुँदा समय पनि बचत हुने र खर्च पनि कम लाग्ने बताए।

ज्ञान केन्द्रले पनि चौबीसै घण्टा आफ्ना प्राबिधिकहरु खटाएको निमित्त कार्यालय प्रमुख सिंहले बताए। पछिल्लो समय मोरङ लगायत कोशी प्रदेशका बिभिन्न जिल्लाहरुमा बीउ लगाउने, धान रोप्ने, काट्ने, पराल मुठो पार्ने सबै काममा प्रविधिको प्रयोग गर्ने क्रम बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *