September 20, 2026

सुन्दरहरैँचाका कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पती पक्राउ

0

योगेन्द्र योगी
मोरङ,

मोरङको सुन्दरहरैँचा नगरपालिका १ स्थित कुमार गाउमा कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पतीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ घर भइ कुखुरा फार्ममा काम गर्दै आएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी।

एसपी कार्कीले अनुसार डेढ महिना अघिदेखि कुखुरा फार्ममा काम गर्दै आएका दम्पतीले फार्मका सञ्चालक सुन्दरहरैँचाका ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या गरेर भागेका थिए।

उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका १२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट पक्राउ गरिएको एसपी कार्कीले बताए। फार्मका सञ्चालक बजगाईले काम गरेको पैसा नदिने र गालीगलौज गर्दै तुच्छ व्यवहार गर्ने गरेका कारण सहन नसकेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुन्दरहरैंचा १ मा फार्म संचालन गर्दै आएका सहदेव बजगाईँको शव मृत अवस्थामा शव फेला परेको थियो। उनको धारिलो हत्यार बञ्चरो र दाउले शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *