September 19, 2026

डॉडा पारीको घास अनि गुरुदम डॉडाको
दाउरा बोकेर हामीलाई ख़ुशी दिएकी आमा
एक्लोपन र अभावले जति सताए पनि
सन्तानको लागि मरिहते मेरी आमा
केही दिन नसके पनि मातातीथ्रको शुभकामना
हउसबाट दुईवटा गाग्रीमा पानी बोकेर
जिमंलेको स्कुल जंगल नभनी धाएर
हामी सन्तानको लागी अन् वरत
हाम्री आमा जस्ले दुनियाको नक्कल जानेको छैन
सारीको सप्को र लुगीको फन्को नारीत्वमा रमेर हाम्रो लागि मरिमेट्ने आमालाई केही दिन
नसके पनि मातातिथंको शुभकामना
तिमीमा रिस पनि कम छैन तर त्यही कडकपनले हामी सन्तानलाई सही बाँटो देखायो
शिक्षिका भएर पनि आफ्नो लागि केही नराखीहाम्रो लागि सलकपुरमा अदुवा र अम्लिसो संग प्रित लगाउदै छिपिटारमा एैसेलुको जराहरु उखेलेरआफ्ना सपनाहरु पोल्टा मै सजाएर राख्ने मेरी आमालाई मातातीथको धेरै धेरै शुभकामना॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *