September 18, 2026

शिक्षासेवी गणेशप्रसाद खनालको आत्मवृत्तान्त कृति लोकार्पण

0

बिर्तामोड ।

शिक्षासेवी गणेशप्रसाद खनाल आत्मवृत्तान्त कृति लोकार्पण गरिएको छ । झापाको बिर्तामोडमा आइतवार (आज) एक समारोहकाबिच खनालको पहिलो कृति लोकार्पण गरिएको हो ।

कृतिकी प्रकाशक तथा खनालकी श्रीमती बुध खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर गोबिन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराई, साहित्यकार मोहनप्रसाद भण्डारी, कृतिका सम्पादक बिष्णुकुमार भट्टराई, डा. रुपकप्रसाद खनाल, गोमेन्द्र बहुमुखी महाबिद्यालयकी भाइस प्रिन्सिपल सरु भुर्तेल खनाल, गोमेन्द्र बिर्ता मोडल बिद्यालयका सञ्चालक उत्तम खनाललगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए ।

कार्यक्रममा कृतिको टिप्पणी गर्दै साहित्यकार मोहनप्रसाद भण्डारीले खनालको कृति प्रेरणाको स्रोत भएको बताएका छन् ।लोकोर्पण समारोहमा भाषा बिद चुढामणि रेग्मी, साहित्यकार कोमलप्रसाद पोखरेल, पत्रकार तथा साहित्यकार केशव आचार्य, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, समाजसेवी राजकुमार पोखरेल, लीला उदासी, मदनगोपाल सुब्वा, हरिचरण बाँनिया, सिरो सान्दाईलगायतको आतिथ्य रहेको थियो । समारोहमा बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेर मनोरन्जन गराएका थिए ।

स्वागत गोमेन्द्र बहुमुखी महाबिद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले गरेको कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए ।

खनालको कृतिमा शिक्षा क्षेत्रमा उनले गरेका योगदानको चर्चासहित खनालको जीवनका उत्तार चडाव समेटिएको छ । ४३२ पेज रहेको कृतिमा लेखकहरुले उनले शिक्षा क्षेत्रमा गरेका योगदानका चर्चासमेत गरेका छन् भने शिक्षासेवी खनालले आफुले जीवनमा गरेका र भोगेका कुराहरु प्रस्तुत गरेका छन् ।

पहिलो कृतिका रुपमा रहेको आत्मवृत्तान्त एक हजारप्रति प्रकाशन गरिएको छ जसको एउटा पुस्तकको मूल्य ७०० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *