September 19, 2026

कन्काई माविमा आँखा तथा दन्त शिविर शुरु

0

सुरुङ्गा ।

झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयमा डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा दुई दिने आँखा तथा दन्त शिविर शुरु भएको छ ।

झापा क्षेत्र नं. ४ का सङ्घीय सांसद् माननीय एल.पी. साँवा लिम्बूको विशेष पहलमा सो शिविर आयोजना गरिएको हो । शिविरको उद्घाटन गर्दै सांसद लिम्बूले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्ष्यित गरी शिविर आयोजना गरिएको र यो क्रमलाई निरन्तरता दिने बताए ।

उद्घाटन कार्यक्रममा डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्साल, सचिव विनोद राना, प्राविधिक सहयोग गर्ने कान्तिपुर डेन्टल कलेज तथा टिचिङ अस्पताल काठमाण्डौंका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ, आँखा रोग विशेषज्ञ डा. आरती थापा लगायत प्रतिष्ठानका पदाधिकारी एवम् काठमाण्डौबाट शिविर सञ्चालनका लागि आएका दुई दर्जन डाक्टर तथा प्राविधिकको आतिथ्य रहेको थियो ।

कन्काई माविका २४ सय ८० विद्यार्थी तथा ८७ जना शिक्षक र कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने सहआयोजक संस्था कन्काई माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंले बताए । परीक्षणमा गम्भीर समस्या भएको भेटिएमा नजिकका अस्पतालसँग सम्पर्क गरी थप उपचारका लागि सहजीकरण गरिने डा. श्रेष्ठले बताए ।

विद्यालयका प्रअ कर्णबहादुर डाँगी, विव्यस सदस्यहरू दिलिप घतानी, क्रान्ति सुवेदी, गोविन्दप्रसाद पौडेल, रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष खेमप्रसाद प्रसाईं, शिक्षासेवी ओम पाठक, पूर्व प्रअ डम्बरप्रसाद फुयाँल, सांसद लिम्बूका निजी सचिवद्वय लक्ष्मी खनाल र ओमप्रसाद राजवंशी, पीटीए सदस्य दीपक पाण्डे, राजन पराजुली, खगमाया चापागाईं लगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रअ तीर्थराज खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *