September 23, 2026

ब्रीलीयन्टको २१औं वार्षिकोत्सवमा विविध कार्यक्रम

0

अर्जुनधारा ।

झापाको अर्जुनधारा–६स्थित ब्रीलीयन्ट एजुकेशन फाउण्डेशनको २१औं वार्षिकोत्सव विविध कार्यक्रम गरि बुधबार सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–६का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाले उद्घाटन गरेका थिए ।

सोही वार्षिकोत्सवको अवसरमा प्लेगु्रपदेखि कक्षा–९ सम्मको शैक्षिक पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम तथा विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उद्देश्यले गणित र विज्ञान सम्बन्धी प्रदर्शनी गरिएको थियो ।

विद्यालयका पूर्व संस्थापक पशुपति पोखरेललाई सम्मानित गरिएको कार्यक्रममा गरिब तथा बुद्धिमान विद्यार्थी छात्रवृत्ति, महेश्वरी पौड्याल स्मृति छात्रवृत्ति, सुनिता चौलागाईं स्मृति छात्रवृत्ति, विष्णु–लक्ष्मी–चन्द्रकला पुरस्कार, हरि अधिकारी स्मृति पुरस्कार वितरण गरिएको थियो ।

त्यस्तै कार्यक्रममा वर्ष विद्यार्थी छात्रतर्फ मिङसुहाङ इङनाम लिम्बू र छात्रातर्फ सुजता दाहाल, वर्ष उत्कृष्ट खेलकुद व्यक्तितर्फ रोहीत श्रेष्ठ, वर्ष अभिभावकतर्फ कैलाशप्रसाद बाँस्कोटा, वर्ष उत्कृष्ट शिक्षकतर्फ रेवतीरमन नेपाल, वर्ष उत्कृष्ट कर्मचारीतर्फ कविता विश्वकर्मा, गत शैक्षिक वर्ष २०७९को एसईई उत्कृष्ट विद्यार्थी सविन थापा, सरसफाईतर्फ डेलिना थापा र नियमित हाजिरीतर्फ रोश्विन बोहोरालाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले रायम्स, गीत, नृत्य, नाटक, र्याम्प वक आदि प्रस्तुत गरेका थिए । विद्यालयका संस्थापक लेखा प्रमुख किशोरकुमार पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक प्रधानाध्यापक ताराप्रसाद नेपाल र शिक्षक टीकादेवी तिम्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *