September 23, 2026

हिमाली एजुकेशनको १७औं वार्षिकोत्सव

0

बिर्तामोड ।

झापाको अर्जुनधारा–६मा सञ्चालित हिमाली एजुकेशन फाउण्डेशनले विभिन्न कार्यक्रम गर्दै १७ औं बार्षिकोत्सव मनाएको छ ।

सोमवार विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रमसहित शिक्षक÷कर्मचारी र विद्यार्थीलाई सम्मान गर्दै बार्षिकोत्सव सम्पन्न गरेको हो । विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षता तथा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।

बार्षिकोत्सबका अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा जेजीका राई, सवारी चालक पदम तामाङलाई नगदसहित सम्मान गरिएको हो । त्यस्तै वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा लासिम योङ्यालाई समेत सम्मान गरिएको थियो ।

शिक्षक बाशुदेव बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थीहरुले गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिका प्याब्सनका अध्यक्ष रुद्र सिटौला, सचिव राजेश आचार्य, नेपाल दशनामी समाजका कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी प्रकाश, समाजका कोशी प्रदेशका पूर्वअध्यक्ष चन्द्रप्रसाद गिरी, बिर्तामोड नगरअध्यक्ष अर्जुन गिरी लगायतको आतिथ्य रहेको थियो ।

नर्सरीदेखि आठ कक्षासम्म पठन–पाठन हुने बिद्यालयमा चार सय विद्यार्थी रहेको र शिक्षक तथा कर्मचारी ३५ जना रहेको प्रिन्सिपल शान्ता गिरीले जानकारी दिइन् । उनका अनुसार प्याव्सन बिर्तामोड नगरद्वारा फुटवल प्रतियोगितामा दोस्रो र नृत्यमा प्रथम स्थान हासिल गर्न विद्यार्थी सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *