September 19, 2026

कृष्ण भूषण बल पुरस्कारबाट विवश सम्मानित

0

विमल दहाल, चुलाचुली ।

progrem

प्रसिद्ध कवि कृष्ण भूषण बल स्मृति युवा पुरस्कारबाट इलामे साहित्यकार विवश बलिभद्र कोइराला सम्मानित हुनु भएको छ।

इलाम चुलाचुली–१ हात्तिलेदा स्थायी घर भएका कोइराला विराटनगरस्थित कृष्ण भूषण वल प्रतिष्ठानबाट विहिवार नगद १५ हजार सहित सम्मानित हुनु भएको हो। लामो समयदेखि नेपाली साहित्यको गजल, गीत बिधामा केन्द्रित कोइरालाका लेकवेसीका भाकाहरु, काँचको मुटु गित गजलका कृति लगायत दर्जनौ सिर्जना रहेका छ ।

उहाँका रचनामा गाँउ घरका भाका र हाम्रै मन मुटुका स्पन्दन समावेश संगै प्रेम प्रकृति र सामाजिक जीवनका विम्व प्रतिबिम्ब सिर्जनाका विशेषता रहेका छन्।

प्रतिष्ठानले कोईरालालाई वहाँको समर्पण, लगन र उत्साह अभिप्रेरित गर्दै गजल बिधालाई दिनु भएको योगदानका लागि विक्रम संवत् २०७९ सालको कृष्ण भूषण वल विशेष सिर्जना सम्मान तथा पुरस्कार समर्पण गरेको जनाएको छ।

प्रमुख अतिथि कविराज न्यौपाने प्रमुख अतिथि रहनु भएको सम्मान कार्यक्रमको अध्यक्षता प्राध्यापक डाक्टर टङ्कप्रसाद न्यौपानेले गर्नु भएको थियो। प्रतिष्ठानको प्रमुख संरक्षक शोभा लामा वल र महासचिव बिवश पोख्रेल रहनु भएको बताईएको छ। सम्मानित गजलकार कोइरालासंगै मोरङ झोराहाटका कवि उमेश लुइँटेल पनि सम्मानित हुनु भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *