September 19, 2026

पथरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिपक

0

पथरी शनिश्चरे ।

पथरी उद्योग बाणिज्य संघको १९ औं चुनावी साधारण सभाबाट अध्यक्ष पदमा दिपक बस्नेत निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेद्वारी दिएकी देवी राई नानालाई बस्नेतले पराजित गरेका हुन् । त्यस्तै, उपाध्यक्ष पदमा रबीन राई विजयी भएका छन्। उनले हरिराज प्याकुरेल र ईश्वरी सापकोटालाई पराजित गरेका हुन्।

यी दुई पदका लागि निर्वाचन भएको थियो । अन्य पदाधिकारीहरु भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ खरेल, महासचिवमा अशोककुमार राई, उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी, वाणिज्य सचिवमा निलम बस्नेत र कोषाध्यक्षमा तेजेन्द्रप्रकाश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै,महिला सदस्यमा प्रेम कुमारी ढकाल र जुनी थपलिया तथा खुल्ला सदस्यहरुमा क्रमशः इन्द्रबहादुर राई, तीर्थराज अधिकारी, भरत भण्डारी र सन्तोष चौधरी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तैगरी ,लेखा संयोजकमा रोहित बास्तोला, लेखा सदस्यमा निरज कटुवाल र प्रकाश डाँगी पनि निर्विरोध निर्वाचित भएका हुन् ।

पथरी शनिश्चरे क्षेत्रका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले विभिन्न पदहरुमा २५ जनाले आफ्नो उमेद्वारी दिएका थिए । पथरी उद्योग वाणिज्य संघको १९ औं निर्वाचनमा मुख्य पद र अन्य पदहरुमा दलिय भागबन्डा लगाएर निर्वाचनमा गएका थिए ।

नेकपा एकिकृत समाजबादीको तर्फबाट अध्यक्ष पदमा दिपक बस्नेत, वरिष्ठ उपाध्यक्ष काङ्ग्रेस, उपाध्यक्ष रास्वपा, महासचिव एमाले, उद्योग सचिव काङ्ग्रेस, वाणिज्य सचिव माओवादी, कोषाध्यक्ष एमाले, सदस्य राप्रपा, जसपा, लेखा संयोजक काङ्ग्रेस जस्ता भागबन्डा गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *