September 20, 2026

केर्खामा सेनेटरी प्याड बनाउने तालिम

0

कमल ।

झापाको केर्खामा आजबाट एक हप्ते सेनेटरी प्याड बनाउने तालिम शुरु भएको छ ।

उद्यमशील महिला जागरण केन्द्र कमलको आयोजना र पेवा परोपकारी सस्था ,धापाखेल ललितपुरको आर्थिक सहयोगमा महिनावारी स्वच्छता सम्बन्धि चेतना अभिबृद्धि अन्तर्गत पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड निर्माण सम्बन्धि तालिमको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले उद्घाटन गरेकी थिईन् ।

तालिममा कमल गाउँपालिकाका २० जना महिला सहभागी रहेको सस्थाकी उपाध्यक्ष बबिता वाग्लेले जानकारी दिईन् ।

तालिमा गाउँपालिकाकी उपाध्यक्ष न्यौपाने, ६ नम्वर वडा अध्यक्ष नरेन्द्र भट्टराई, महिला बालबालिका शाखा प्रमुख रिता कार्की रिजाल लगायतले तालिम सफलताको शुभकामना राखेका थिए ।

सस्थाकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रम केन्द्रकी सदस्य झुमा सुवेदीले सञ्चालन गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *