September 18, 2026

लेखन कार्यशाला सम्पन्न

0

बिर्तामोड ।

वीरता रिडर्स र साहित्य पत्रकार मञ्चको आयोजनामा बिर्तामोडमा साहित्य लेखन र पत्रकारिता सम्बन्धी एक दिने लेखन कार्यशाला सम्पन्न भएको छ।

साहित्यिक पत्रकारिता र साहित्य क्षेत्रको प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यशालामा साहित्यकार तथा पत्रकार घनेन्द्र ओझाले सहजीकरण गरेका थिए।

उनले साहित्यको परिचय, साहित्यका विधा, साहित्य लेखन सीप, साहित्यिक पत्रकारिता गर्ने विधि, साहित्य र पत्रकारिताका भेद, साहित्यिक पत्रकारमा हुनुपर्ने गुणलगायत विषयमा जानकारी गराएका थिए। त्यस्तै कसरी साहित्य सिर्जना गर्ने,कस्तो पुस्तक पढ्ने, समीक्षा कसरी गर्ने ? जस्ता विषयमा प्रस्तुति राखेका थिए।

वीरता रिडर्सका संयोजक तथा साहित्य पत्रकार मञ्चका सल्लाहकार तीर्थ सिग्देलले संस्थाको उद्देश्यअनुसार संगठित भई यसप्रकारका कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने बताए। फाष्टट्रयाक्ट कन्सलटेन्सीको व्यवस्थापकीय सहयोग रहेको कार्यक्रममा साहित्य पत्रकार मञ्चका सल्लाहकार साहित्यकार तथा पत्रकार लीला अनमोल,दिपीन राई,सन्तोष आचार्य,साहित्य पत्रकार मञ्चका संयोजक हरि बराल,फाष्टट्रयाक कन्सल्टेन्सीका सञ्चालक खड्ग ताम्ली लिम्बू लगायतको आतिथ्य रहेको थियो।

कार्यशालामा साहित्य क्षेत्रमा रुचि राख्ने,लेखक तथा पत्रकारहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *