September 17, 2026

चाइनामा मुस्लिम समुदाय लाई धार्मिक स्वतंत्रता न रहेको:- प्रवक्ता पठान

0

कपिलवस्तु,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ पिपरामा रहेको मदरसामा मदरसाका प्रधानाध्यापक अतिकुर रहमान तथा सो मदरसाका अध्यक्ष रहिस अहमद खाले मोहम्द डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै जनता सामाजबादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले उपस्थित सबैमा मोहम्द डेको सबैमा शुभकामना दिदै इस्लाम धर्मको रक्षा गर्नु सबै मुस्लिम समुदायको कर्तव्य रहेको, बिस प्रतिशत भन्दा बढी जनसंख्या भएको मुस्लिम समुदायको चाइनामा मोहमम्द डे, इद, बकर इद लगायत धार्मिक कार्यक्रम गर्न स्वतंत्रता न रहेको, मुस्लिम समुदायका अभिभावकले शिक्षा प्रति धेरै चासो दिनु पर्ने बताउदै मुस्लिम समुदायका बाल बालिका पनि भोलीका एसपी, सिडीओ, हुन भन्ने भावनाका साथ अभिभावक लाई शिक्षा प्रति लगानी लगाउन अपिल गरे, मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लगेर मुस्लिम समुदायको उत्थानमा सबै सरोकारवाला जोड दिनु पर्ने बताउदै देशको मूलधारनै शिक्षा रहेकाले शिक्षा प्रति विशेष जोडदिनु पर्ने बताए।

कार्यक्रममा सलिम अहमद, सगिर अहमद, मुर्तजा अलि, सब्बिर खान, सिराज आलम मदरसाका बाल बालिका तथा सरोकारवालाको उपस्थित रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *