September 17, 2026

गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाको अध्यक्षमा पुनः बस्नेत

0

 

झापा ।

झापा बिर्तामोड–४ को गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाको अध्यक्षमा पुनः भूपाल बस्नेत चयन भएका छन् । संस्थाको हल्दिवारीमा सम्पन्न साधारण सभाले वस्नेतलाई अध्यक्षमा चयन गरेको हो ।

को अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । २१ सदस्यीय समितिको उपाध्यक्षमा गोबिन्दबिक्रम गिरी, सचिवमा मेघराज बास्तोला, सह–सचिवमा कुमार याक्सो र कोषाध्यक्षमा गौरिमाया चिमरियालाई चयन गरिएको छ ।

त्यस्तै सदस्यमा टिकाराज ढकाल, नवीन पोख्रेल, कुमार सिटौला, रबिन कार्की, कल्पना राजवंशी, मित्रबहादुर बस्नेत, सुजन भण्डारी, फुलमाया लिम्बू, बिजु आचार्य, रिता कार्की कोइराला, रामबहादुर बस्नेत, रोजिना खड्का, झुमादेबि कार्की, शुकमाया लाभुङ लिङ्दम, मंगलसिंह राजवंशी र रामकुमार गौतम निर्वाचित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
यसैबीच संस्थाको साधारण सभाको अवसर पारेर हल्दिवारीमा एक दिवशिय निःशुल्क स्वास्थ्य जाँचको आायोजना गरिएको छ । महिला तथा पुरुषहरुको क्यान्सर सम्बन्धि रोग निःशुल्क परीक्षण गरिएके हो ।

संस्थाको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा हल्दिबारी ३, ४ र ५ नम्बर वडाका २ सय ५ जना महिला तथा पुरुषहरुको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण गरेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको कार्यक्रममाा संस्थाकी कोषाध्यक्ष गौरिमाया चिमरियाले स्वागत गरेकी थिइन् । कार्यक्रममा वडा न ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर, वडा न ५ का वडाध्यक्ष खड्गबहादुर लावती, प्रहरी चौकीका असई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा क्यान्सर बिज्ञ डा. कुसल रिजाल र महिला डा. ज्योति भाजु लामाको टिमले स्वास्थ्य परीक्षण गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *