September 18, 2026

बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटायो

0

झापा ,  सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि अर्जुनधारा नगरपालिकाले सिनियर अहेव मुकुन्द बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको छ ।
घटना सार्वजनिक भएपछि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बसेर बस्नेतलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट हटाउँदै तीन दिन भित्र लिखित स्पष्टिकरण सोध्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिए ।
नगरपालिका अन्तरगत शनिश्चरे अस्पतालको इमरजेन्सीमा कार्यरत अहेवलाई ७२ घण्टा भित्र लिखित स्पष्टिकरण सोध्ने निर्णय भएको अस्पतालका प्रमुख डा. योगेश चेम्जोङले जानकारी दिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा स्वास्थ्य शाखा प्रमुख बस्नेत र शनिश्चरे अस्पतालकी अहेवलाई बस्नेतकी श्रीमतीले लछार्दै पिटेको देखिन्छ ।
सोही घटनालाई लिएर आज बसेको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको बैठकले बस्नेतलाई अर्को व्यवस्था नभइञ्जेलसम्म शाखा प्रमुखको जिम्मबारीबाट हटाउन नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यता बस्नेतले भने लेनदेनको विषयमा सडकको किनारमा बसिरहेका समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *