September 18, 2026

दशनामी समाज इलामको अध्यक्षमा तुलाराम पुरी

0

इलाम ।

नेपाल दशनामी समाज इलाम जिल्लाको चौथो जिल्ला अधिवेशनले तुलाराम पुरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

इलामको कन्याममा बुधवार भएको अधिवेशनले पुरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समाजका इलाम अध्यक्ष बेदप्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोबिन्द गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत सूर्योदय नगरपालिका वडा परिषद सदस्य पदम गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि गोबिन्द, समाजका पूर्व केन्द्रिय सदस्य अभिनन्दन गिरी, पूर्व कोशी प्रदेश अध्यक्ष चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), कोशी प्रदेश सह–सचिव उमेश भारती, कोशी प्रदेश सदस्य सीता भारती, पाच्थर अध्यक्ष रामप्रसाद भारतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव प्रेम गिरीले गरेका थिए । आगामी दिनमा दशनामीहरुले कुनैपनि बैठक बस्नुअघि दशनामीका शहिद राजन गिरी र चन्द्र पुरीको तस्वीरमा फुलगुच्छाले माल्यपर्ण गरेर बैठक बस्ने परम्पराको विकास गर्नु पर्नेमा सवैले जोड दिएका छन् । उनीहरुले देशभर रहेका दशनामीका संघ÷संगठनहरुले उक्त परम्परा शुरु गर्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *