माईको वडा सचिव हकहितमा रिजाल
माई, इलाम ।

इलामको माई नगरपालिकामा नगरस्तरीय वडा सचिबहरुकाे हक हित संरक्षण समिति मंगलबार गठन भएकाे छ ।
नगरभित्रका वडा सचिवहरुको भेलाले वडा नम्बर ७ का वडा सचिव हरिप्रसाद रिजालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो।
वडा सचिबहरुकाे हक अधिकार स्थापित गर्ने गरि गठन भएको हकहित समितिले वडा सचिवका हक अधिकारका लागि संघर्ष गर्ने, वडा सचिब माथि हुने दुर्व्यवहार एवम् समस्या प्रति एक ढिक्का भई प्रतिराेध गर्ने , संघीय संसदमा पेश हुन लागेकाे विध्येककाे विषयमा संघर्ष र आन्दाेलनका कार्यक्रम गर्ने आदी लक्ष्य सहित समिति गठन गरिएकाे अध्यक्ष रिजालले जानकारी दिनुभयो ।
भेलाले हकहित संरक्षण समितिको उपाध्यक्षमा सुमन कुमार राई, सचिबमा बिष्णु कट्टेल, काेषाध्यक्षमस सबिना राई र सह-सचिबमा रमेश गिरीलाई चयन गरेको छ।
त्यस्तै सदस्यहरुमा पुर्णीमा महतो, सन्दिप राई, प्रदिप पाैडेल र कैलाश मल्ल रहनु भएको छ । भेलाले मनाेज भण्डारीलाई सल्लाहकारकाे रुपमा चयन गरेको छ ।
