September 19, 2026

सिम्रिक साकोसको वासलात दुई अर्ब ९३ करोड बढी

0

अर्जुनधारा ।

झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गत आर्थिक वर्ष ०७९÷०८० को वासलात दुई अर्ब ९३ करोड ६२ लाख ९४ हजार छ सय सात रुपैयाँ ७४ पैसा रहेको छ ।

संस्थाको १३औं वार्षिक साधारणसभाको इकाईगत साधारणसभा अन्र्तगत सोमबार झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको सभाहलमा आयोजित सभामा प्रस्तुत प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख गरिएको हो ।

संस्था सञ्चालक समितिका अध्यक्ष सुवास भट्टराईले प्रस्तुत गरेको उक्त प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष ०७८÷०७९को वासलात दुई अर्ब ६३ करोड ६२ हजार चार सय ८८ रुपैयाँ ४० पैसा रहेको थियो । आघिल्लो आर्थिक वर्षको तुलनामा ११.६४ प्रतिशतले वासलातमा वृद्धी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रतिवेदनमा संस्थाको जम्मा शेयरपूँजी ३१ करोड ७६ लाख ५८ हजार छ सय रुपैयाँ, बचत एक अर्ब ४४ करोड ७१ लाख २२ हजार छ सय ९४ रुपैयाँ ४६ पैसा, कर्जा लगानी दुई अर्ब ५५ करोड ११ लाख आठ हजार छ सय ८८ रुपैयाँ ९४ पैसा, जगेडा तथा अन्य कोषहरु २४ करोड ४४ लाख ९७ हजार पाँच सय ३९ रुपैयाँ छ पैसा उल्लेख गरिएको छ ।

संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी ४७ करोड १२ लाख ८९ हजार छ सय आठ रुपैयाँ ४६ पैसा, जम्मा खर्च ४१ करोड ३३ लाख ६१ हजार दुई सय ७४ रुपैयाँ एक पैसा र नाफा पाँच करोड ७९ लाख २८ हजार तीन सय ३४ रुपैयाँ ४५ पैसा रहेको छ । संस्थाले चालु आर्थिक वर्ष ०८०/०८१मा ४९ करोड ४० लाख ६० हजार नौ सय ९६ रुपैयाँ आम्दानी गरि सात करोड ५२ लाख ६५ हजार छ सय ६६ रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको छ ।

संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षता र प्रमुख अतिथि वडाध्यक्ष सीताराम भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा खुदुनाबारी र शितली सेवाकेन्द्रअन्र्तगतका असल ऋणीतर्फ अर्जुनधारा–३ निवासी सूर्यकुमारी अधिकारी र उत्कृष्ट बचतकर्तातर्फ माई–२ निवासी रवीन्द्रराज लोहनीलाई जनही नगद पुरस्कार पाँच हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा संस्थाले शुरु गरेको राहत सुविधा कार्यक्रम अन्र्तगत खुदुनाबारी र शितली सेवाकेन्द्रका १५ जनालाई एक लाख बढीको स्वास्थ्य उपचार बापतको रकम प्रदान गरिएको संस्था आइटी विभागका सहायक विजय पाण्डेले जानकारी दिए ।

कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रसाद भण्डारी, व्यवसायी दीनानाथ शिवाकोटीलगायतको आतिथ्यता रहेको थियो । संस्थाका विभागीय प्रमुख मीनबहादुर अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन खुदुनाबारी सेवाकेन्द्र प्रमुख प्रेम सिग्देलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *