सुकिला मान्छेको सामुहिक मृत्युको चर्चा
झापा ।

कवि राजेश ढुंगानाको कविता संग्रह ‘सुकिला मान्छेको सामुहिक मृत्यु’ माथि शनिबार विर्तामोर्डमा चर्चा गरिएको छ ।
कार्यक्रममा वक्ताको रुपमा भवानी क्षेत्री, पुण्य बराल र लेखनाथ भट्टराई उपस्थित थिए भने पत्रकार लीला अनमोलले सहजीकरण गरेकी थिइन् ।
त्यस्तै साहित्यकारहरु पुण्य खरेल, लीला उदासी र गणेश निरौलाले टिप्पणी गरेका थिए ।
नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार बिजय खरेलको स्मृतिमा शोकसभा समेत गरिएको थियो ।
झापाली लेखक, साहित्यकारको गुणात्मक एवम् उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समीरबाबु कट्टेलले गरेका थिए ।
