September 17, 2026

लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

0

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे न.पा- ६ अस्थायी प्रहरी पोष्ट हसन्दह प्राङ्गणमा लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम भएको छ।

बुधबार समुदाय-प्रहरी साझेदारीको अवधारणा अनुसार अस्थाई प्रहरी पोष्ट हसन्दह मोरङको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

चौकी प्रमुख प्रहरी सहायक निरीक्षक फौज कुमार थापा मगरले सहजीकरण गर्नुभएको हो कार्यक्रममा पथरी शनिश्चरे न.पा. ५ का वडा जनप्रतिनिधिहरू,पथरी शनिश्चरे -५ र ६ का भद्र भलादमी, समजसेवी, बुद्धिजिवी, लगायत अन्दाजी २५/३० जनाको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *