राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा तथा गोष्ठी कार्यक्रम
पथरी शनिश्चरे,
पथरी शनिश्चरे नगरपालिकाको आयोजना राष्ट्रिय क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
आज मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७९र०८० को समीक्षा भएको हो ।
नगरप्रमुख मोहन तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरू क्रमशः उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रसासकीय अधिकृत शशी राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, बागमति सेवा समाजका कार्यक्रम संयोजक अनिलकुमार साहको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्देश्य स्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख मुलुकचन्द्र राजवंशीले राख्नुभएको थियो भने कार्यक्रमको प्रगति विवरण अनिल कुमार साहले प्रस्तुत गरेका थिए । कार्यक्रमलाई जगत मगरले संचालन गर्नुभएको थियो भने नगरका स्वस्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
