September 20, 2026

भगवानले बुझेरै
नारी पुरुष दुई आँत त दिए
खुशी सुखी संसारभरी
प्रेमको बास्ना चलाउन पनि दिए
सृष्टीको कहर ऊ माथि अबश्य बर्सिने छ,
भन्ने बुझेर नै होला
इश्वरको इच्छा विपरित
जात बसाउन पनि दिए
रुपको प्रसंसा गरेर कहिल्यै नअघाउने
मन दिए
मेघ सरी त्यो कालो केस
चलाउने हात दिए
यति हुँदाहँुदै पनि सृष्टिको कुनै उपहारले
म रमाउदिन भन्छ
नारी माथि गिद्दे नजरले
हेर्न पल्केका बानर सेना
नारीको मुटु हुन्छ मन हुन्छ
त्यो प्राकृतिको उपहार हो
त्यो थाह छैन
एउटा फुल्नै लागेको गुलाब चुडेर
शिरमा लाइहालौ
जस्तो सबैलाई लाग्छ
तर
त्यो गुलाब काडा छिचोलेर
बाहिर निस्किएको हुन्छ
त्यसको पीडा कहिले बुझ्छौ
महापुरुष ?
पहिला प्रसंसा गरेर थाक्दैनौ
आकाशका तारा
चाँडै झारेर तिम्रो दुःख ,पीडा
मलाई भन्दै गौरव पूर्ण वीरता देखाउँछौ ।
अब सबै दुःख बुझाएर
लामो श्वास तान्न नपाउदै
चुँडी मिली निमोठी सहनै नसक्ने गरी
अशान्तिको बादलभित्र हराउँछौ
जब कथा ब्यथा बनेर
अलि अलि मान्छे चिन्न थाल्छ
बादल फाटेर सम्बन्ध
गाँस्ने कुरा गर्छौ
अनि नारीको कोमल हृदय कहिले बुझ्छौ
महापुरुष ?
औँसीको रातमा पनि पूर्णिमा देखेर
हुर्कन्छन् नारीहरु
आफ्नो चिन्ता छोडेर
खुशीलाई मनमनै दबाएर
अमूल्य आँसुलाई आँखाको
डिलसम्म आउँदा पनि
मनले टालेर
जिन्दगीको अफ्ट्यारो चक्रब्यु भित्र
पर्दापनि अन्तिम श्वास फेर्दै
अनगिन्ती पीडालाई लुकाउदै
पलपल मर्दा पनि कहिले बुझ्छौ
महापुरुष ?
कोमल थियो मन कहिल्यै कठोर
बनाउन नसकेर ढुङ्गामा कतिपटक
ठक्कर खाएर आस्था रुपि शिखरमा
चढ्ने संकल्प लिएको देखेर पनि
हरेक रात चोटलाई साक्षी राखेर
मलमका डिब्बाहरुले खाटाहरु
छोपेको देख्दादेख्दै पनि कहिले
बुझ्छौ
महापुरुष ?
वालक कालदेखि हिंसामा
पौडिरहेका अन्जानहरु
तिरस्कार सहँदा सहँदै
सामाजिक सञ्जालबाट
ओझेल पर्दै धम्की र होसियार
भन्ने शब्दले झक्झक्याई रहँदा पनि
आफ्नो सम्झेर दुःख पोख्नेले नै
जाल थापेर निस्कनै नहुने गरी
समयलाई बर्बादी तिर लम्कनु शिवाय
केही देखाएका थिएनन्
जसोतसो काँडामा नै टेकेर
मायाको उपस्थिति गराउन चाहेर
जुनी बिताउने हेतुले साहस बटुलेर
आएको देख्दादेख्दै पनि कहिले
बुझ्छौं महापुरुष ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *