September 19, 2026


मान्छेले
जम्माजम्मी देख्ने भनेको
एक जोर
आँखाले देख्ने
दूरीसम्म न रहेछ
जन्म देख्दैन,
मृत्यु देख्दैन

जीवनभरि
भ्रम देख्दछ र
भ्रमहरु मात्र देखिरहन्छ
त्यसैलाई
सत्य ठानेर

तर, मानिस
साँच्चैमा चाहिँ
चियाको
एक कप मात्र रहेछ
जो खाँदा सकिन्छ
र नखाए पनि फ्याँकिन्छ !

– भद्रपुर, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *