पोखरेल परिवारमा शोक
झापा, झापा जिल्ला पूर्व पञ्चायत सभापति शुम्भू पोखरेललाई पत्नी शोक परेको छ ।
बिर्तामोड ३ निर्वावजार निवासी पोखरेलकी धर्मपत्नी उमा पोखरेलको ८१ वर्षको उमेरमा निधन भएको हो । २००० साल जेठ २८ गते जन्मिएकी पोखरेलको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समयदेखि उनी मुटु सम्बन्धि समस्याका कारण उपचारमा रहेकी थिइन् ।
पोखरेलका चार छोरा र तीन छोरी रहेका छन् । उनका चार छोरा बुहारीहरमा ज्ञानेन्द्र – सबिता, बिनोद– रमा, स्व. दिपेन्द्र– भूमिका , प्रविण– विन्दू रहेका छन् । पोखरेलका जेठा छोरा ज्ञानेन्द्र कानून व्यवसायी हुन् भने विनोद निर्माण व्यवसायी संघका पूर्व केन्द्रीय सदस्य तथा झापाका प्रथम अध्यक्ष हुन् ।
त्यस्तै स्व. दिपेन्द्र उद्योग पति रहेका थिए भने उनी निर्वाण व्यवसायी संघ झापाका अध्यक्ष समेत भएका थिए ।
कान्छा छोरा प्रविण पोखरेल सामाजिक तथा राजनीतिक व्यक्तित्व हुन् । उनी नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका छन् ।
यता स्व.पोखरेलका तीन छोरीहरुमा विनिता, सुनिता र अमृता पोखरेल रहेका छन् । उनका ५ नाति र ६ नातिना रहेका छन् । स्व. पोखरेलको कनकाई माईमा अन्त्येष्ठि गरिएको छ ।
