नेरेसो अर्जुनधाराको आँखा शिविरमा ६८३ जनाले सेवा लिए
अर्जुनधारा ।

नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखाको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर बुधबार सम्पन्न भएको छ ।
बिर्तामोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको उपशाखाका सचिव कमल पोखरेलले जानकारी दिए ।

टोली प्रमुख नेत्र अधिकृत युवराज बोहोरा, नेत्र सहायक दुर्गेश पासवान, अप्टोमेट्रीस्ट सुवास सँग्रौला, आई हेल्थ वर्कर करुणा थापालगायतले विद्यार्थीहरुको आँखा परीक्षण गरेको शिविरमा शिक्षकसहित ६८३ जनाले सेवा लिएका थिए ।
आँखा परीक्षण भएका मध्ये अस्पतालले १४ जनालाई निःशुल्क चस्मा प्रदान गर्ने र १७ जनाको निःशुल्क शल्यक्रिया गरिदिने सचिव पोखरेलले बताए ।
