September 15, 2026

कोशीका सात जिल्ला बाढीपहिरोको उच्च जोखिममा

0

झापा,

कोशी प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको बताएको छ । प्रदेश सरकारले यसवर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका तीन लाख एक हजार एक सय ४३ जनसङ्ख्या प्रभावित हुने समेत अनुमान गरेको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८० अनुसार कोशी प्रदेशमा झापा, मोरङ, सुनसरी, उदयपुर बाढी र खोलुखुम्बू, ताप्लेजुङ र तेह्रथुम पहिरोको उच्च जोखिममा रहेको देखिएको प्रदेश विपद् व्यवस्थापन परिषद्को भनाइ छ ।

जल तथा मौसम विभागले यसवर्ष कम वर्षा हुने पक्षेपण गरे पनि मनसुन विपद् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सुरक्षा निकाय, सहयोगी निकायसँगको छलफल, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीको तयारी भइरहेको परिषद्ले जनाएको छ ।

कोशी प्रदेशमा १० वर्षमा तीन सय ७७ वटा बाढीको घटनामा एक सय २४ जनाको मृत्यु भएको छ । विगत २०६९ सालदेखि २०७९ सम्ममा २१ जना घाइते र ६६ जना बेपत्ता भएको विपद् पोर्टलमा उल्लेख छ ।

झापाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *