September 17, 2026

कोेशी प्रदेश सरकारलाई सच्चिन आग्रह

0

झापा, कोशी प्रदेश खारेजीको आन्दोलनलाई प्रदेश सरकारले गैर जिम्वेवार पूर्वक मुकदर्शक बनेर हेरेको नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले आरोप लगाएको छ ।
नामाङ्कनको सवालमा भइरहेको आन्दोलन प्रति सरकार आफैं आन्दोलनलाई थप हिंस्रक बनाउन उद्धत रहेको भन्दै पार्टीका केन्द्रीय सदस्य तथा कोशी नाम खारेजी आन्दोलन परिचालन समितिका संयोजक धनवहादुर पन्धाकले सरकारलाई तुरुन्त सच्चिन आग्रह गरेका गर्नु भएको छ ।
झापाको बिर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश १ को नामाङ्कनको सवाललाई बार्ता र सम्वादको माध्यमबाट अविलम्ब सम्वोधन गर्न आग्रह गरिएको छ । पार्टीको आग्रहलाई वेवास्ता गरे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरी शसक्त आन्दोलन गर्ने पार्टीले चेतावनी दिएको छ ।
प्रदेश १ को नामाङ्कन गर्दा पहिचान नामेट गर्ने काम गरिएकाले कोशी प्रदेश नाम खारेज गरी पहिचान प्रक्षधरको माग सम्वोधन गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *