September 23, 2026

बिर्तामोड ।

वैदेशिक रोजगारको क्रममा माल्टामा रहेका नेपालीले झापाको अर्जुनधारमा रहेको बालगृहलाई सहयोग गरेका छन् ।

झापाली समाज माल्टा, परिवार (जेएसएम)ले बन्दी सहायता नेपाल अर्जुनधारा–११ द्वारा सञ्चालित मनमाया आमा बालगृहलाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री झापा प्रतिनिधि दीपेन्द्र झा मार्फत संस्थाका अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरेको हो ।

बालगृहलाई सहयोग गर्नेहरुमा झापाली समाज माल्टा परिवारका तेजबहादुर लिम्बू, भुवन झा, शर्मिला बस्नेत, नवीन गिरी, कृष्ण श्रेष्ठ, लोकराज पौडेल, उपेन गिरी, सुष्मा दाहाल खत्री, प्रियंका श्रेष्ठ, सुवास सिंह, मनोज बस्नेत, मुक्ति पुरी, एकराज राउत, कृष्ण गिरी, इन्द्र लिम्बू, सुरेश सिंह, बिजय परियार रहेका छन् ।

त्यसैगरी बिर्तामोड–४ निवासी भेषराज तथा शान्ति दाहालकी छोरी सान्वी दाहालको जन्मोत्सवमा खाद्यान्न र मेचीनगरका मौसम खतिवडाले आफ्नो जन्मोत्सवमा पाँच हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।

संस्थाको तर्फबाट सचिव रञ्जित परियारले कैदी बन्दीका आश्रित तथा असहाय बालबालिकाहरुलाई सहयोग गरेकोमा आभारसहित धन्यवाद व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *