September 23, 2026

मायादेवी पार्कमा उत्साहजनक रुपमा जनश्रमदान

0

पथरी शनिश्चरे,

पथरी शनिश्चरे -०७ मा रहेको मायादेवी पार्कमा परिसरमा पर्ने पथरी खोलामा तटबन्धको गर्ने कार्यमा सय बढिले जनश्रमदान गर्नु भएको छ ।

पार्क संचालक समितिको आव्हानमा समितिका अध्यक्ष कृष्ण कुमारी विश्वकर्मा सहित अन्य पदाधिकारी, वडा सदस्य मिन बहादुर लिम्बु , स्थानीय जनता तथा पथरीशनिश्चरे निर्माण व्यवसायी संघका अध्यक्ष दोर्ण खड्का तथा कमदारहरू सहितले सकृय सहभागिता जनाएका हुन् ।

कोशी प्रदेश सरकार अन्तर्गत पर्यटन विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा विनियोजन गरेको २० लाख रुपैयाँ बराबरको बजेटबाट हाल गौतम बुद्धकी ममतामयी आमा मायादेवीको स्मृतिमा धार्मिक तथा पर्यटकीय महत्वको मायादेवी पार्कको मुल प्रवेशद्वार निर्माण भैरहेको सचिव जोन लिम्बुले जानकारी दिनुभयो।

सोहि पार्कको पश्चिममा रहेको पथरी खोलामा तार जाली सहित तटबन्ध गरिएको अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले जानकारी दिनुभयो। उक्त कार्यमा स्थानीय जनताको उत्साह जनक उपस्थिति रहेकोमा आफुलाई खुशी लागेको वडा नं ७ का बड सदस्य मिन बहादुर लिम्बले प्रतिकृया दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *