September 22, 2026

दश लाख मुल्य बराबरको पुस्तक हस्तान्तरण

0

विमल दहाल, इलाम ।

नारी स्रष्टा समाज नेपालका अध्यक्ष विराटनगर निवासी ममता मृदुलले बिभिन्न संघ संस्था र विद्यालयहरुलाई निशुल्क पुस्तक हस्तान्तरण गर्नु भएको छ।

आफुले प्रकाशन गर्नु भएको तथा वहाँको पुस्तकालयमा रहेका करिब दश लाख मुल्य बराबरको बिभिन्न पुस्तकहरु हस्तान्तरण गर्नु भएको हो।

ममताले शुक्रबार इलामको माई नगरपालिका स्थित दानाबारी सामुदायिक सिकाई केन्द्रलाई पचाँस हजार मुल्य बराबरको पुस्तक प्रदान गर्नु भएको छ। सिकाई केन्द्रका अध्यक्ष विमल दहालले पुस्तक ग्रहण गर्नु भएको थियो। इलामकै हेरिटेज नेसनल एकेडेमीलाई ममताले एक लाख मुल्य बराबरको पुस्तक शुक्रबारनै हस्तान्तरण गर्नुभएको छ ।

वहाँले एकेडेमीका भ्वाईस प्रेन्सीपल याम काफ्लेलाई पुस्तक प्रदान गर्नु भएको हो। त्यस्तै साहित्यकार मृदुलले इलाम नगरपालिका वडा नं-९ को महमाई आधारभुत विधालयलाई समेत एक लाख रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गर्नु भएको प्रधानाध्यापक हरिनाथ फुयलले जानकारी दिनु भएको छ।

गोरखापत्र संस्थानमा समेत कार्यरत साहित्यकार एवम समाजसेवी ममताले इलाम, मोरङ, सुनसरी लगायत पुर्वका जिल्लामा रहेका दर्जनौं संस्था र विद्यालयलाई करिब दश लाख मुल्यका पुस्तक निशुल्क वितरण गर्नु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *